फेरी बढ्यो सुनको मूल्यः तोलामा कति बढ्यो?

काठमाडौँ, साउन २५ गते ।

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ३० निर्धारण भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!