स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउन स्वास्थ्य मन्त्रीको प्रस्ताव

काठमाडौँ , साउन २७, २०८१ः

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गर्नु भएको छ ।

आइतबार मन्त्रालयमाआयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा ५ लाख पुर्याउने प्रस्ताव गर्नु भएको हो । कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउनु उहाँको प्रस्ताव छ ।

त्यसै गरी मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताउनु भयो । अहिले दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको मन्त्री पौडेलले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!