INDIAN HERBS Specialities द्वारा आयोजित प्राबिधिक सेमिनार भब्य रुपमा सम्पन्न

काठमाण्डौ, साउन २८, २०८१ः

नेपालमा लामो समय देखि आफ्नो उत्कृष्ट तथा गुणस्तरिय उत्पादनहरु मार्फत नेपाली किसानहरुको सेवा गर्दै आईरहेको कम्पनी INDIAN HERBS Specialities ले  यहि साउन २४ गते एक दिने प्राविधिक सेमिनार कार्यक्रमको आयोजना गरियो।

“Recent Advancements in Poultry Nutrition and the Role of Phytogenic Feed Supplements in ensuring Sustainable Poultry Production”
बिषयक उक्त प्राबिधिक सेमिनारमा नेपालका पोल्ट्री क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सेमिनारको विषयवस्तु Recent Advancements in Poultry Nutrition and the Role of Phytogenic Feed Supplements ले दिगो कुखुरापालनका आबश्यक महत्वपुर्ण पक्षहरुलाई सम्बोधन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले निकै लामो समय देखि नेपालमा आफ्नो उपस्थिति जनाएर नेपालका पशु क्षेत्रमा सेवा पुर्याएको कम्पनी INDIAN HERBS Specialities ले निरन्तर रुपमा नया नया Innovative उत्पादनहरु मार्फत नेपाली किसानहरुको सेवा गरिरहेको बताउनु भयो।

कार्यक्रममा नेपाल पोल्ट्री महासंघका प्राविधिक सल्लाहकार डा. दिनेश कुमार गौतमले “Recent Advancements in Poultry Nutrition” सम्बन्धी कार्यपत्र प्रस्तुत भएको थियो। कार्यपत्र प्रस्तुत गर्नु हुदै डा. गौतमले फाइटोजेनिक्स, प्रिबायोटिक्स, प्रोबायोटिक्स र पोस्टबायोटिक्स जस्ता विकल्पहरूको महत्त्वलाई जोड दिँदै कुखुराको दानामा DDGS जस्ता वैकल्पिक फिड सामग्रीहरू प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो।

कुखुराको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि कुखुराको दानामा एन्टिबायोटिक र कृतिम रसायनको प्रयोगलाई न्यूनीकरण गर्नु पर्ने विषयमा डा. गौतमको कार्यपत्र केन्द्रित रहेको थियो।

कार्यक्रममा INDIAN HERBS Specialities का जनरल म्यानेजर (प्राबिधिक) डा. शिवी मैनीले “Novel Phytogenics for Sustainable Poultry Production” बिषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भयो। डा. शिवीले कुखुराको लागि व्यापक स्वास्थ्य लाभहरू सुनिश्चित गर्न नवीन, सुरक्षित र दिगो समाधानहरू प्रदान गर्ने उद्देश्यले Indian Herbs Specialities द्वारा गरिएका विभिन्न पहलहरू माथि प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा विशेष अतिथि नेपाल भेटेरिनरी एसोसियसनका महासचिव डा. केदार सुवेदी, भेटेरिनरी अभ्यासकर्ता संघ नेपालका महासचिव डा. नवराज श्रेष्ठ, नेपाल पोल्ट्री महासंघका प्राविधिक सल्लाहकार डा. दिनेश कुमार गौतम, नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रविन पुरी र सिमर्ग इन्टरनेशनल प्रा. लि. का प्रबन्ध निर्देशक कृष्ण प्रसाद लम्सालको उपस्थिति रहेको थियो।

त्यसैगरी INDIAN HERBS Specialities का National Sales Manager परमार्थ रोयको नेतृत्वमा नेपाली टोलीका तीर्थंकर बनर्जी ( बिक्री प्रबन्धक -पूर्व क्षेत्र), डा. सम्राट श्रेष्ठ (क्षेत्रीय प्रबन्धक, नेपाल), डा. सरोज पराजुली, प्रदीप ढकाल र सार्थक विष्टको उत्साहजन सहभागिता रहेको थियो।

करिब ५० को हाराहारीमा नेपालका पोल्ट्री कृषकहरू, इन्टिग्रेटरहरू, दाना उद्योगीहरू र ह्याचरी उद्योगीहरूको उत्साहजनक र सक्रिय सहभागिताले नेपाली पोल्ट्री उद्योगमा कार्यक्रमको महत्त्वलाई दर्शाएको थियो।

कार्यक्रम पश्चात संक्षिप्त प्रतिक्रिया दिनु हुदै INDIAN HERBS Specialities का Regional Manager डा. सम्राट श्रेष्ठले कार्यक्रममा विचार, अनुभव र उत्कृष्ट अभ्यासहरूको जीवन्त आदानप्रदानले सामूहिक सिकाइ र वृद्धिको लागि अनुकूल वातावरणको पालनपोषण गर्दै सहयोगी भावनालाई बढावा दिएको बताउनु भयो। डा. श्रेष्ठले बलियो ग्राहक सम्बन्ध निर्माण गर्न र कृषक समुदायलाई अटुट सहयोग प्रदान गर्न INDIAN HERBS Specialities सदैब जिम्मेबार रहने प्रतिबद्दता ब्यक्त गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!