कृषकलाई दुधमा अनुदानः गल्याङ नगरपालिकाको कृषक मैत्री नीति

स्याङजा, साउन ३०, ३०८१ः

स्याङजाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर रु.१५ अनुदान दिन थालेपछि कृषकहरुको कृषि तथा पशुपालनमा आकर्षण बढेको छ । नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दूध राख्ने भाडा, जुका, नाम्ले माटे लगायतका औषधीहरु तथा निःशुल्क गोबर परीक्षण, गोठ सुधार, पशु प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष नगरपालिकाबाट ब्यक्तिगत रुपमा संचालनमा रहेको बिन्दवासीनी फार्मले ४ लाख ३६ हजार सम्म नगद अनुदान पाएको थियो । यसैगरी झोल्पे गाउ सु्धार दुग्ध उत्पादन सहकारी तथा कालीगण्डकी दुग्ध उत्पादन सहकारी सस्था लगायत १८ दुग्ध सहकारी सस्था मार्फत नगरपालिकाले गत वर्ष करिब ६४ लाख ८७ हजार ९ सय ६५ रुपैया किसानलाई अनुदान वितरण गरेको थियो ।

कृषि मार्फत परिवर्तन र समृद्धि सम्भव भएकाले कृषिमा आकर्षण बढाउने गरी विभिन्न खालका कृषि सम्बन्धी कार्यक्रम सञ्चालन र निरन्तरता दिँदै आएको पालिकाले किसानले प्रति लिटर दूधको मुल्य ८५ देखि १ सय १० रुपैयाँसम्म पाउने गरेका छन्। । सो बाहेक नगरपालिका वाट प्रतिलिटर १५ रुपैयाँ उपलब्ध गराउँदै आएको ्नगर प्रमुख गुुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरपालिकामा स्थानीय तथा उन्नत जातका ८ हजार ५० भैंसी तथा ७ सय ५० वटा गाई रहेका छन । त्यसैगरी उन्नत जातका ४ वटा साढे र १ सय ४ वटा राँगो रहेको पालिकाको पशु शाखाले जनाएको छ ।

गत वर्ष पालिकामा ४ लाख ३२ हजार ५३१ लिटर दूध निर्यात भएको नगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!