गठ्ठाघर सबारी दुर्घटना अपडेटः मृतक अन्दाजि ४०/४५ बर्षको पुरुष, पहिचान अझै खुलेन

सबारी चालक मलंगवा- २ का ३२ बर्षको सतेन्द्र श्रेष्ठ प्रहरी नियन्त्रणमा

मध्यपुर थिमि, साउन ३१, २०८१ः
रत्न काजि प्रजापति

आज दिउसो मध्यपुर थिमि वडा न- ३ गठ्ठाघरमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ब्यक्तिको पहिचान अझै खुलेको छैन। जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेको प्रेस विज्ञप्ती अनुसार मृतक अ्न्दाजी ४०/४५ बर्षको पुरुष भएको जनाएको छ।

आज दिउसो १३ः४० बजे काठमाण्डौंबाट भक्तपुर तर्फ आँउदै गरेको ना. ६ ख. २१७३ नं.को ट्रकले सोहि दिशा तर्फ जादै गरेको बा. ४९ प. ८९४४ नं. को स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालकको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो। घटना लगतै प्रहरी वृत्त थिमि भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि दिउसो १६:४५ बजे टिचिङ अस्पताल, काठमाण्डौ लगेको थियो ।

प्रहरीका अनुसार दुर्घटना भएको सवारी ट्रक काठमाण्डौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं. २ महाराजगन्ज, काठमाण्डौमा राखिएको छ भने ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. २ बस्ने बर्ष ३२ को सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनामा परेको स्कुटर हाल प्रहरी वृत्त थिमिमा राखिएको छ।

उक्त सवारी दुर्घटनाको विषयलाई लिएर स्थानीय बासिन्दा तथा सडकमा हिडेका मानिसहरुले विरोध जनाउदै सडक अबरुद्द गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.उ. बेद बिष्टको कमाण्डमा ११८ जनाको प्रहरी टोलीका साथै काठमाण्डौ स्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिई २२ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरी भीडलाई साम्य पारिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्र.उ. बेद बिष्ट, परिसर भक्तपुरमा कार्यरत प्र.स.ह. बहादुरे राउत र जिल्ला भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरका सौगात सापकोटा समेत सामान्य घाइते भएकोमा सामान्य उपचार पश्‍चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!