महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार दिइने

काठमाडौँ, साउन ३२, २०८१ः

सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!