सहकारी ठगी प्रकरण: संसदीय विशेष समितिले ३ वटा सहकारीका सञ्चालकको बयान आज लिदै

काठमाडौं, भाद्र १, २०८१ः

सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिने भएको छ।

शनिबार धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा, ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने समितिका एक सदस्यले जानकारी दिए।

समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ। समिति सभापति सूर्य थापाका अनुसार शुक्रबार छिपछिपे, नवलपरासी (सुस्तापूर्व), सनराइज, चितवन र नमस्ते बर्दिया सहकारीलगायतका सञ्चालक र अध्यक्ष रहेका नागेन्द्रबहादुर रिमालसँग सोधपुछ गरिएको छ।

चितवन कारागारबाट झिकाएर उनीसँग बयान लिएको थापाले जानकारी दिए। समितिले बिहीबार नै देउराली बहुउद्देश्यीय सहकारी संस्था सातदोबाटो ललितपुरका अध्यक्ष रवीन्द्र चौलागाईँ र कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड मानभवन ललितपुरका अध्यक्ष एलबी गुरुङलाई नख्खु कारागारबाट झिकाएर सोधपुछ गरेको थियो।

सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव एवं पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि शुक्रबार नै बयान लिएको सभापति थापाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!