चितवन, भाद्र ४, २०८१ः
चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा सामान्य क्षति पुगेको छ।
ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुङ्गा खसेको हो।
प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन।