काठमाडौँ, भाद्र ७, २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा बृद्दि गरेको छ ।
संघको आज बसेको व्यवसायीहरुको भौतिक तथा भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन ्बिक्री मूल्य कायम गरेको हो ।
नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४२५/- रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ४९५/- रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५०५/- रुपैयाँ पर्नेछ । यो मुल्य भोलि भाद्र ८ गते शनिबार देखि लागु हुनेछ ।
यस अघि भाद्र ३ गते देखि लागु हुने गरी संघले मिडियम साइजको अण्डा प्रतिक्रेट ४१५/- रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ४८५/- रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५००/- रुपैयाँ मुल्य तोकेको थियो।