काठमाडौंको चन्द्रागिरिमा दुर्घटनाः १ जना गम्भीर घाइते

काठमाडौं, ८ भदौ २०८१ः

चन्द्रागिरिमा शनिबार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार चन्द्रागिरि नगरपालिका–१ र नागार्जुन नगरपालिकाको सीमा बिन्दवासिनी गेटमा बागमती प्रदेश ०१ ०२५ च ९२४३ नम्बरको गाडी र बागमती प्रदेश ०१७ प १०९ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा एक जना गम्भीर घाइते भएको र उनलाई कलंकीस्थित शहीद मेमोरियल अस्पताल पठाइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!