तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ, भदौ ८, २०८१ः

भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।

घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रु यात्रा गरिरहेका थिए ।

यसैबिच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!