कबिताः “म”: कबि बी आर किसी

म छोरा एक आमाकी
म एक पति श्रीमतीको
म एक पिता छोरा अनि छोरीहरूको
म एक भाइ दाजुको
म एक मान्छे स्वय्‌ले बुझ्न नसकेको ।

हजारौ भावना मनमा छ
तर व्यक्त गर्न डराउँछ म
जसको खुशीको लागि पसिना बगाउँछु
उसैको दुःखको कारण हुन्छु म
उमेरले त आधा शताब्दी कतिसक्यो
अझै आफूले आफैलाई बुझन नसकेको मान्छे म।

मेरा नयन‌ले कालो देखेको चीज अरुले सेतो देख्छन्
म रमाएको संगीतको धुन अरुले कोलाहल सुन्छन्
मैले अमृत ठानेको भोजन अरुले विष देख्छन्।

सही या गलत के हुँ म
मेरो मष्तिष्क र मन
अल्लमल्ल पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!