राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

काठमाडौँ, भाद्र १३, २०८१ः

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो । टिआरसी विधेयक प्रमाणीकरणसँगै नेपालको शान्ति प्रकृयाको अर्को महत्वपूर्ण कार्यभार पूरा भएको छ।

यसको कार्यान्वयनमा भने चुनौतिहरु रहेको विभिन्न प्रतिकृयाहरु आइरहेका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!