एमाले नेता योगेश भट्टराई माथि माओवादी आक्रामक, नम्बरी ठगको संज्ञा

काठमाडौं, भाद्र १३, २०८१ः

नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमनेसामने भएका छन्।

बुधबार संसदमा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद् बाहिर पनि चर्किने देखिएको छ।बुधबार संसदमा माओवादीप्रति भट्टराईले आक्रामक सम्बोधन गरेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन्।

यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ‘बैगुनी केटो’ भन्दै महान जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने? भन्दै प्रश्न गरेका छन्।

सांसद दाहालले आफ्नो स्टाटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन्। दाहालले लेखेको सो स्टाटस माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन्।

त्यस्तै बिहीबार संसद् बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन्।

उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए। उनले भनेका छन्, ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!