चाँंगुनारायणमा आगलागीः दुई पशु चौपायाको क्षति

चाँंगुनारायण, भक्तपुर, २१ भाद्र २०८१ः

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ नारायणटार शुक्रबार आगलागी भएको छ । लामखुट्टे मार्नको लागि कोइला बालेकोमा उक्त कोइलाबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागिको खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली, दमकल र स्थानीयबासीहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

आगलागीबाट १ वटा जर्सी गाई र १ वटा बाख्रा गरी अन्दाजि रु. ६० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!