लाइसेन्सको ट्रायल पास गर्नेलाई अबदेखि फोटो र क्युआर कोडसहितको रसिद

काठमाडौं, भाद्र २३, २०८१ः

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्युआर कोडसहितको रसिद दिने भएको छ।

तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिन लागेको हो। यसैगरी ट्राफिक प्रहरीलाई क्युआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अवलम्बन गरिएको बताए।

ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन। यातायात व्यवस्था विभागको मेसिनले अहिले खरिद गरेका नयाँ कार्ड रिड गर्न नसकेपछि नयाँ विकल्प खोजिएको हो। त्यस्तै संघीय सरकारले अत्यावश्यक बाहेक अन्य कार्ड प्रदेशबाटै छाप्न आग्रह समेत गरेको छ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ। बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन्। एक वर्षसम्म पनि सामान्य सवारी चालक अनुमतिपत्र दिन नसकेको भन्दै सरकारको कार्यसम्पादन माथि प्रश्न उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!