काठमाडौं प्रहरी परिसरमा कार्यरत सहायक हबल्दार पक्राउ

काठमाडौं, भाद्र २३, २०८१ः

जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो मुद्दा शाखामा कार्यरत एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको पुष्टि गरे।

उनका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो। ती व्यक्तिहरूसँग खड्काको सम्बन्ध भएको आशङ्कामा नियन्त्रणमा लिएर छानबिन थालिएको हो।

यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको नेतृत्वमा ४ जना सदस्य रहेको समिति समेत गठन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!