ट्याक्सी चालकहरूले किन गरे प्रदर्शन?

मध्यपुर थिमि, २८ भाद्र २०८१ः

आज मध्यपुर थिमिमा ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका छन्। आज बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमेरोटारमा उनिहरुले प्रदर्शन गरेका थिए। त्यस पछि उनिहरु काठमाडौंतर्फ अघि बढेका थिए जसका कारण ब्यापक ट्राफिक जाम भएको थियो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर नजिकै बाट उनकै अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुने लगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन्।

करिब दुई सय वटा ट्याक्सीसहित चालकहरूले सडकमा र्‍याली गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!