भोलि महाशिवरात्रि : यी स्थानहरुमा सवारी चलाउन पाइँदैन (रुट सहित)

काठमांडौ, फागुन ५, २०७९ः

भोलि महाशिवरात्रिको दिन शनिवार गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको छ । जस अनुसार सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकाली क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!