भक्तपुर, असोज ७, २०८१ः
अनेरास्ववियू (क्रान्तिकारी) भक्तपुर जिल्ला कमितिको १७ औ सम्मेलन सम्पन्न भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसमा आज सम्पन्न भएको सम्मेलनले सुमन माझिको नेतृत्वमा ५१ सदस्य समिति नया कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
नब निर्वाचित कार्य समितिको उपाध्यक्षमा छिरिङ लामा, पुष्पराज अधिकारी र जोर बहादुर रोकाया चयन भएका छन भने सचिवमा अन्जित तामाङ, सहसचिवमा देवेन्द्र न्यौपाने र कोषाध्यक्षमा सुनगाभा मगर निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क. दिलिप कुमार प्रजापति भिष्मको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सम्मेलनमा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ उर्मिला , केन्द्रीय सदस्य डि. पि. ढकाल, जिल्ला अध्यक्ष सुनिल गोठे बासु , जिल्ला सचिब दिलकृष्ण तज, वाइसीएल नेपालका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जित, अखिल नेपाल ट्रेड युनियन महासंघ ( क्रान्तिकारी ) का बागमती प्रदेश अध्यक्ष मिलन लामा, वाइसीएल लगायतको उपस्थिति रहेको थियो।
PC: Naresh Ranjit