मध्यपुर थिमि, ७ असोज २०८१ः
मध्यपुर थिमि क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा चिनिएको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
नेफस्कुनका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता एंब नेफस्कुनका पुर्ब अध्यक्ष बरिष्ठ सहकारी बिज्ञ कैलाश भक्त प्रधानाङ्गको बिशेष आतिथ्यतामा सम्पन्न भएको उक्त साधारणसभामा बिभिन्न बिधामा सदस्यहरुलाई सम्मान गरिएको थियो।
सभामा प्रमुख अतिथि ढकालद्वारा यसबर्ष नगदेशमा महाकाली नाच प्रदर्शन गरेकोमा नृत्यनाथ बासुरी खल तथा गुंला पर्ब २०८१ आयोजना गरेकोमा श्री सिद्धिगणेद्य दाफा भजन खलः लाई बिशेष सम्मान गरिएको थियो।
सभामा उत्कृष्ट सदस्यको रुपमा राजु तको, उत्कृष्ट बचतकर्ताको रुपमा केदार पोखरेल र अलिना कपाली, उत्कृष्ट ऋ्णीको रुपमा रोशन बाडे र कमला लामिछानेलाई सम्मान गरिएको थियो।

साकोसले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत लतलाल भतालाई गरिब असहाय बृद्द्भता प्रदान गरेको थियो। अब भताले मासिक रु सात सय भताको रुपमा पाउने छ।
“मेरो उपकार सपना साकार” भन्ने नारालाई आत्मसाथ गर्दै बि.स. २०५१ सालमा स्थापना भएको उपकार साकोसले अब आफ्ना सदस्यहरुको सुबिधालाई मध्यनजर गर्दै दिर्घरोगीहरुका लागि आबश्यक औषधीहरु घरघरमै उपलब्ध गराउने भएको छ। संस्थाका अध्यक्ष जयकृष्ण दुवालले सहकारीका सदस्यहरुको लागि प्रबाह गरिएका बिभिन्न सेवाहरुमा अब यो सुबिधा पनि थप भएको बताए।
समुदायमा आधारित उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन सफल उपकार बचतले अब “जन्म देखि मरण सम्म उपकार बचत घरघर सम्म” भन्ने अबधारणा अनुसार आफ्ना सदस्यहरुलाई सेवा प्रबाह गर्ने अध्यक्ष जयकृष्ण दुवालले नौलोआयाम डटकमलाई बताए।
साधारणसभा साकोसका अध्यक्ष जयकृष्ण दुवालको सभापतित्वमा सम्पन्न भएको थियो।