सुर्खेत, ६ फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति एमालेबाटै बन्ने बताएका छन् ।
आज वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए ।
उनले भने– ‘उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ ।’ उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गरे ।
पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताउदै उनले भने, ‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’ ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउनेगरि अग्रसर हुने छ ।’