प्राकृतिक प्रकोपबाट भएको क्षती प्रति पशुपंक्षी औषधी ब्यबसायी संघद्वारा दुःख प्रकटः सहकार्यको लागि संघ सम्वद्ध निकायहरुलाई अनुरोध

काठमाडौं, १४ असोज २०८१ः

नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघले हाले देशै भरि परेको लगातारको बर्षाका कारण विभिन्न क्षेत्रमा बाढी तथा पहिरो गई जनधनको क्षती प्रति गहिरो दुःख प्रकट गरेको छ।

संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल र केन्द्रिय महासचिव सादुराम ढकाल (आशिष) द्वारा आज एक संयुक्त परिपत्र जारी गर्दै प्रकोपमा परी दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक शन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

संघले विपत्तिको घडिमा सबै प्रदेश कार्य समिति मार्फत मातहतका जिल्ला शाखा, सरकारी निकायहरु, उद्योग बाणिज्य संघ, औषधि व्यवसायी संघ, नेपाल भेटेरिनरी एशोसियशन ( NVA), नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एशोसिएसन ( NEVLA), नेपाल पशु स्वास्थ्य प्रविधिक संघ ( NELTA) लगायत संघ सम्वद्ध निकायहरुसंग सहकार्य गरी प्रकोप पिडितहरुलाई आबश्यक सहयोग तथा कार्यक्रमहरु संचालन गर्न अपिल गरेको छ।

संघमा आवद्ध व्यवसायी एवं व्यवसायीका परिवारजनहरु यदि उक्त प्रकोपमा परी जनधनको क्षती भएको भएमा जिल्ला शाखा मार्फत क्षतीको विवरण संघको केन्द्रिय कार्यालयमा उपलब्ध गराउन समेत संघले अनुरोघ गरेको छ।

नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ देश भरी छरिएर रहेका पशुपंक्षी औषधी ब्यबसायीहरुको छाता संगठन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!