प्रकोप प्रभाबित क्षेत्रको स्थलगत अबलोकनमा माओबादी अध्यक्ष प्रचण्ड

मध्यपुर थिमि, १५ असोज २०८१ः

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपुर थिमि नगरपालिका वडा न ३ सागबारी क्षेत्रमा हालैको बाढीले पुर्याएको क्षतिको स्थलगत अबलोकन गर्नु भएको छ। हनुमन्तेखोलाले क्षति पुर्याएको सागबारी क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेर अध्यक्ष प्रचण्डले क्षतिको बारेमा जानकारी लिनु भएको थियो।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज क. दिलिप कुमार प्रजापति भिष्मले बाढीले पुर्याएको क्षतिको बारेमा अध्यक्ष प्रचण्डलाई ब्रिफिङ्ग गरेका थिए।

प्रचण्डले बाढीले प्रभाबित पारेका स्थानिय बिद्यालय तथा मानब सेवा आश्रमको समेत अबलोकन गरेका थिए। अध्यक्ष क. प्रचण्डले बाढी पिडित स्थानिय बासिन्दाका समस्याहरु ध्यानपुर्बक सुनेका थिए।

अबलोकन पश्चात स्थानिय बासिन्दाहरु संग कुरा गर्नु हुदै अध्यक्ष प्रचण्डले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । उहाले भन्नु भयो, ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’

यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो।

उ्क्त स्थलगत अबलोकनमा नेकपा माओबादी केन्द्रका केन्द्रिय उपाध्यक्ष एबं पुर्ब सभामुख अग्नि सापकोटा, पार्टीका स्थायी कमिति सदस्य एबं पुर्ब मन्त्री शशी श्रेष्ठ, केन्द्रिय सदस्यहरु प्रतिमा श्रेष्ठ उर्मिला, डि पि ढ़काल, देबेन्द्र श्रेष्ठ, राम प्रसाद सापकोटा दिपशिखा, बागमति प्रदेस सभा सदस्य भावना श्रेष्ठ, केन्द्रिय सल्लाहकार शिब हरी खनाल, माओबादी केन्द्रका भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासु, सचिब जिबन तज, अखिल नेपाल महिला संघ क्रान्तिकारीका भक्तपुर जिल्ला अध्यक्ष राजेस्वरी सिल्पकार तथा जिल्ला सचिब रत्न केशरी प्रजापति, वाईसियल नेपालका केन्द्रिय सदस्य राजु कुटु, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष संजिब घिमिरे लगायतको उपस्थिति रहेको थियो।

वाईसियल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज तथा युवा नेता नरेश रन्जितले बिशेष संयोजन गर्नु भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख तथा माओबादी केन्द्र मध्यपुर थिमि नगर कमिति अध्यक्ष बिजय कृष्ण श्रेष्ठ, वाईसियल नेपाल भक्तपुर जिल्ला संयोजक सरराज उप्रेति, जिल्ला सचिब सुरेन्द्र सुवाल, माओबादी केन्द्र मध्यपुर थिमि वडा न ३ का अध्यक्ष तथा युवा नेता रमेश प्याठ, प्रेस सेन्टर नेपाल मध्यपुर थिमि नगर अध्यक्ष रत्न काजि प्रजापति लगायत माओबादी केन्द्र तथा भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!