पिने लाःवंम्ह मिसाचाको अन्तरसंसाल कार्यक्रम

भक्तपुर , फागुन ७, २०७९।

पचास वर्ष अगाडि नै श्रेष्ठ पुरस्कार प्राप्त गर्न सफल उपन्यास हिं प्याःगु सःका लेखक केवलप्रसाद कायस्थको निमन्त्रणामा नवदित उपन्यासकार कृष्ण प्रजापतिको नयाँ उपन्यास पिने लाःवंम्ह मिसाचालाई लिएर ब्यासीमा अन्तरसंसाद कार्यक्रम सम्पन्न भयो । उपन्यासको समीक्षा र अन्तरसंवाद कार्यक्रम केवलप्रसाद कायस्थको निवासमा भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल साहित्य मन्दिरका पूर्व अध्यक्ष तथा साहित्यकार तिलक प्रकाश कायस्थले भाषा पनि अमूल्य अमूर्त सम्पदा भएको कारण भाषिक एकरुपता कायम गरी लेख्नु लेखकको धर्म हो भन्नुभयो । संस्कृति अध्ययता हरिशरण राजोपाध्यायले नेवाः समुदाय आदिवासी जनजाति हो भन्ने प्रमाणको रुपमा रहेका विभिन्न संस्कृतिहरु बचाई राख्नु आवश्यक रहेको बताउनु भयो ।

विद्धान ब्यक्तित्व ओमचरण अमात्यले पठन संस्कृतिमा ह्रास आइरहेको दुःखको कुरा सुनाउनु हुँदै पुस्तक लेख्नुको सातो डकुमेन्टी र फिल्म मार्फत बढी भन्दा बढी प्रचार गर्न सकिने भएकाले नेवाः समुदायले आफ्नो धारणा अन्तर्राष्टिय जगतमा पुर्याउनको लागि आधुनिक सञ्चार माध्यमलाई अंगाल्नु आवश्यक भएको बताउनु भयो । वहाँले साहित्य लेख्दा पनि तार्गेट ग्रप बनाएर लेख्नु पर्ने र प्रकाशित गर्ने गर्यौं भने पुस्तक वितरणमा समस्या नतेर्सिने बताउनु भयो । सो अन्तर्क्रिया कार्यक्रममा प्रमुख बक्ताको रुपमा दिपकराज ख्वपले पिने लाःवंम्ह मिसाचा नामक कृष्ण प्रजापतिको उपन्यास बारे गहिरो समीक्षा गर्नु भएको थियो । समालोचक महेशमान डंगोलले महिला वर्गलाई आँखा खोली दिएकी पिने लाःवंम्ह मिसाचा नामक पूर्व प्रकाशित समीक्षा सुनाउनु भएको कार्यमा सो उपन्यासलाई लिएर विकल प्रजापति र बाबुकाजी साँछेँ श्रेष्ठले पनि अन्तरसंवाद कार्यक्रममा भाग लिनु भएको थियो ।

पशुपतिमान पमांको सभापतित्वमा भएको सो पिने लाःवंम्ह मिसाचा पुस्तकको समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा साहित्यकार केवलप्रसाद कायस्थले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!