विपद्‍बाट प्रभावित तीन दर्जनभन्दा बढी पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौँ, १८ असोज २०८१

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले असोज १० गतेदेखि १३ गतेसम्म परेको अबिरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी डा. डिजन भट्टराईले विभिन्न जिल्लाका तीन दर्जनभन्दा बढी पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले विपद्‍बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको छ। हाल तीन दर्जनभन्दा बढी पालिका भनिएको छ, यकिन तथ्याङ्क मन्त्रीपरिषद्‍ले निर्णय भएपछि मात्र थाहा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!