विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौँ, १८ असोज २०८१ः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशवाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउनुभयो।

उहाँले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताउनुभयो। उहाँले यात्रुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वाससमेत व्यक्त गर्नुभयो। विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका सङ्केत देखिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!