दाउन्नेमा सडक पुन भासिएपछि सडक अवरुद्ध

पश्चिम नवलपरासी , १८ असोज २०८१ः

पश्चिम नवलपरासीको दाइउन्नेमा सडक भासिएपछि यातायात पुन अवरुद्ध भएको छ ।

आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट ४ स्थित खुर्सानी खोलामा सडक भासिएको हो। दाउने उकालोमा यसअघि नै भासिएको स्थानमा सडक भासिएकाले डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिनुभयो।

अहिले बर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ। दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ। चाडबाडको समयमा पटक पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!