मध्यपुर थिमि, १८ असोज २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा यहि पुस १२, १३ र १४ गते हुने मध्यपुर महोत्सब २०८१ को अबधारण आज एक कार्यक्रमका बिच सार्बजनिक गरिएको छ। मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सो अबधारणा सार्बजनिक भएको हो।

बिश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा भएका तीन ठुला नगरपालिकाहरुको बीचमा अवस्थित नगरपालिका अनि मूर्त, अमूर्त सम्पदाको धनी र छुट्टै पहिचान तथा मौलिकता बोकेको नगर भएता पनि पर्याप्त प्रवर्द्धनको अभावमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसकिरहेको अबस्थामा रोजगारी सिर्जना र आम्दानीको साधन बनाएर पर्यटन मार्फत नगरको अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशित बनाई स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्नकै लागि मध्यपुर महोत्सबको आयोजना लागेको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो।

सन् १९९८ मा आयोजित पहिलो मध्यपुर महोत्सव, विभिन्न समयमा भएका मेला तथा महोत्सव तथा हालसालै सम्पन्न वः महोत्सव, धिमेबाजा प्रतियोगिता, दाफा भजन प्रतियोगिता, बासरी बाजा प्रतियोगिता आदिले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हुँदा मध्यपुर महोत्सव २०८१ हुन लागेको प्रमुख श्रेष्ठले बताए।

स्थानीय कला, संस्कृति, सम्पदा र पेशाको प्रभावकारी प्रवर्द्धन मार्फत आर्थिक समृद्दि एवम् पर्यटकीय गन्तव्यको रुपमा मध्यपुरलाई विकास गर्नुका साथै नगरको कला, सस्कृति र सम्पदाको प्रदर्शन गर्नु , स्थानीय परिकार, उत्पादन र पेशाको प्रवर्द्धन गर्नु मध्यपुर महोत्सवको उद्देश्य रहेको कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो।

मध्यपुर महोत्सब सफलतापुर्बक सम्पन्न गर्नको लागि बिभिन्न समिति उपसमितिहरु पनि गठन गर्ने भएको छ। नगर प्रमुख श्रेष्ठको संयोजक्त्वमा १०१ सदस्यीय महोत्सब आयोजक मुल समिति गठन गरिने छ भने सल्लाहकार समिति (९), महोत्सव निर्देशक समिति (१५), क्षेत्रगत आयोजक समिति (११) र विषयगत उपसमिति (५) पनि गठन गरिने छ।

प्रस्तावित विषयगत उप समितिहरुमा आर्थिक व्यवस्थापन उप समिति, संस्कृति तथा सम्पदा व्यवस्थापन उप समिति , स्थानीय परिकार र उत्पादन प्रवर्द्धन उप समिति, महोत्सव प्रदर्शनी व्यवस्थापन उप समिति, साँस्कृतिक कार्यक्रम व्यवस्थापन उप समिति, प्रचारप्रसार तथा प्रकाशन उप समिति, सुरक्षा तथा पार्किङ्ग व्यवस्थापन उप समिति, सरसफाई व्यवस्थापन उप समिति,स्वयमसेवक व्यवस्थापन उप समिति र स्वास्थ्य व्यवस्थापन उप समिति रहेका छन।
प्रतिनिधि सभा सदस्य माननिय दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख बिजय श्रेष्ठ, भक्तपुर जिल्लाका बागमति प्रदेश सभा सदस्यहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु लगायत स्थानिय प्रबुद्द ब्यक्तित्वहरु लगायतको ब्यापक उत्साहजनक सहभागिता रहेको थियो।
आजै मध्यपुर महोत्सब २०८१ को सचिवालयको पनि प्रमुख अतिथि माननिय दुर्लभ थापाले शुभारम्भ गर्नु भएको थियो।
PC: Pawan Shrestha