काठमाडौं, १९ असोज २०८१ः
शिब प्रसाद बराल
नेपालमै पहिलो पटक नेपाल कुखुरा व्यवसायी मन्चको आयोजना तथा इण्डिया पोल्ट्री रिभ्यु लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानको सहयोगमा काठमाण्डौमा “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि सेमिनार” सम्पन्न भएको छ ।
सेमिनारको समुद्घाटन नेपाल पोल्ट्री महासंघका अध्यक्ष श्री गुणचन्द्र विष्टले गर्नु भएको थियो ।

सेमिनारमा “नेपाली पोल्ट्री उद्योग: वर्तमान चुनौतीहरू, नवप्रवर्तनहरू, र भविष्यको वृद्धिका लागि दिगो मार्गहरू” सम्बन्धी महत्वपुर्ण कार्यपत्र नेपालका बरिष्ठ पोल्ट्री परामर्शदाता डा सुविर सिंह र डा. दिनेश गौतमले संयुक्त रुपमा प्रस्तुत गर्नु भएको थियोे ।

मुम्बई पशु चिकित्सा कलेजका पूर्व डीन प्रा. डा.ए.एस. रानाडेले पोल्ट्री पोषण र फिड मा प्रगति सम्बन्धी कार्यपत्र, कुखुरा विज्ञान विभाग, दुवासु, मथुराका प्रोफेसर तथा प्रमुख प्रा. (डा.) पी.के. शुक्लाले दक्षिण एशियामा उदीयमान रोगहरू: पत्ता लगाउने, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यपत्र, सेपिएन्स समूहका निर्देशक प्रशान्त कुमारले डिजिटल रूपान्तरणले कुखुरा पालनको भविष्यलाई आकार दिने सम्बन्धी कार्यपत्र, EW पोषणका प्राविधिक सेवाका प्रबन्धक डा. सन्दीप द्विवेदीले पोल्ट्रीमा एएमआर व्यवस्थापनमा वर्तमान प्रवृत्ति र चुनौतीहरू सम्बन्धी कार्यपत्र र एक्स्पतिका बायोफर्मासेउटिकाका सिनियर रिसर्च साईन्टिस्ट डा मिथिलेश जैसवालले दिगो कुखुरा उत्पादनका लागि नेक्स्ट-जेन बायोटिक्समा परिवर्तन हुँदै सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्व अध्यक्ष एंव कृषि तथा वन विज्ञान विश्व विद्यालय पशुचिकित्सका, पशु विज्ञान तथा मत्स्य संकायका डिन प्रा. होमवहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, नेपाल भेटेरीनरी एशोसियशन केन्द्रीय अध्यक्ष डा. रामकृष्ण खतिवडा, नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंह, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरी, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल, स्पेनाइस ग्रुपका कार्यकारी निर्देशक सोमुकुमार अम्वोट, ईमेऊरेका हेल्थ प्रा. लि. का एमडि डा. दि्बेन्दु कुमार दे , इण्डिया फेडेरेशन अफ एनिमल हेल्थ कम्पनीका अध्यक्ष डा. सिरिस निगम लगायत व्यवसायीहरु र पशुचिकित्सकहरुको ब्यापक सहभागिता रहेको थियो ।

नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंहले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सभापतित्व नेपाल कुखुरा व्यवसायी मञ्चका बरिष्ठ उपाध्यक्ष प्रा. डा. रेवन्तकुमार भट्टराईले गर्नु भएको थियो।
