भारतका चर्चित उद्योगपति रतन टाटाको निधन

काठमाडौं, २४ असोज २०८१ः

भारतका चर्चित उद्योगपति रतन टाटाको निधन भएको छ। बुधबार राति मुम्बईको एक अस्पताल ८६ वर्षको उमेरमा उनको निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले रतन टाटालाई पद्म विभूषणबाट सम्मान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!