बेल्जियमको स्थानीय निकायको निर्वाचनमा नेपाली उम्मेदवारको जित

काजाब्लांका क्यासेल्लो (बेल्जियम), २८ असोज २०८१ळ

बेल्जियममा आज भएको स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन। बेल्जियमको राजनीतिमा तीन दशक यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।

युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित हुनुभयो। ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गर्नुभएको छ । उहाँ सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!