बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

बारा, २८ असोज २०८१ः

बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ।

कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो। अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए।

खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!