पोखरा, ४ कार्तिक २०८१ः
कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एंब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत शुक्रबार लामिछानेलाई प्रहरीले च:मति स्थित पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो। प्रहरीले आज अनुसन्धानका लागि म्यादथप गर्न अदालतमा उपस्थित गराएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जिवी राई सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उहाँमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।