बालकुमारी हात्तिमहांकाल सडक अन्तर्गत दिगु टोल हात्तिमहांकाल ख़ण्डमा बाकि ढुंगा बिछ्याई कार्य शुरुः १ महिनामै कार्य सम्पन्न गर्ने लक्ष्य

मध्यपुर थिमि, ५ असोज २०८१ः
रत्न काजि प्रजापति

मध्यपुर थिमि नगरपालिका वडा न. ५ अन्तर्गतको दिगु टोल देखि हात्तिमहांकालसम्मको सडकमा ढुंगा बिछ्याउने कार्य आजबाट शुरु भएको छ। बिबिध प्राबिधिक समस्याका कारण बिछ्याई कार्यमा ढ़िलाई भैरहेकोमा आजबाट उक्त सडक खण्डमा ढुंगा बिछ्याई कार्य शुरु भएको हो।

मध्यपुर थिमि नगरपालिकाको आर्थिक बर्ष ०८१/८२ को स्विकृत नगरस्तरीय कार्यक्रम अन्तर्गत उक्त बिछ्याई कार्यको लागि करिब ३३ लाख ६७ हजार ९ सय ३ रुपैया ५२ पैसा लागत ईस्टिमेट गरिएको छ। जस मध्ये नगरपालिकाले २७ लाख १९ हजार ७ सय ६६ रुपिया ९१ पैसा ब्यहोर्नेछ भने जनश्रमदान/लागत सहभागिताबाट ६ लाख ४८ हजार १ सय ३६ रुपिया ६१ पैसा ब्यहोर्ने छ।

गत असोज १० गते गठन गरिएको बालकुमारी हात्तिमहांकाल ढुंगा छपाई उपभोक्ता समितिले २०८२ जेठ १० गते सम्म कार्य सम्पन्न गर्नु पर्ने भए पनि कुनै प्राबिधिक समस्या नआएमा कार्य शुरु भएको १ महिनामै सम्पन्न हुने गरी कार्य अघि बढ़ाएको साईट ईन्चार्ज ई प्रेमलाल भासिमाले नौलोआयाम डटकमलाई जानकारी दिनु भयो।

हाल उक्त क्षेत्रमा भैरहेको निर्माण कार्यमा कुनै अबरोध नहोस भनेर सबारी साधनहरुलाई बैकल्पिक मार्ग प्रयोग गर्न उपभोक्ता समितिले अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!