मध्यपुर थिमि, ९ कार्तिक २०८१ः
रत्न काजि प्रजापति
मध्यपुर महोत्सब २०८१ मुल समारोह समिति अन्तर्गत दिब्यश्वरी क्षेत्रगत समिति गठन गरिएको छ।

मध्यपुर थिमि नगरपालिका वडा नं. १, २ र ३ ( तत्कालिन दिब्यश्वरी गाविस अन्तर्गतका क्षेत्र) का स्थानियहरुको हिजो दिव्यश्वरी पार्टी प्यालेसमा भएको भेलाले २५ सदस्यीय समिति गठन गरेको हो। मध्यपुर थिमि वडा न १ का अध्यक्ष बाबु काजि डंगोलको संयोकत्वमा समिति गठन गरिएको हो।
मध्यपुर महोत्सव २०८१ लाई ऐतिहासिक रुपमा सफल बनाउनुका साथै मध्यपुर थिमि नगरपालिका वडा नं १, २ र ३ मा रहेका कला, सँस्कृति, सम्पदा, परम्परागत पेशा तथा मौलिकता प्रदर्शनका लागि बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, बर्तमान तथा पुर्ब जनप्रतिनिधिहरु तथा स्थानिय टोल प्रतिनिधिहरुलाई समितिमा समेटेको वडा अध्यक्ष डंगोलले जानकारी दिनु भयो।

बिश्व सम्पदा सूचिमा सूचिकृत सम्पदा भएका तीन ठुला नगरपालिकाहरुको बीचमा अवस्थित नगरपालिका अनि मूर्त, अमूर्त सम्पदाको धनी र छुट्टै पहिचान तथा मौलिकता बोकेको नगर भएता पनि पर्याप्त प्रवर्द्धनको अभावमा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसकिरहेको अबस्थामा रोजगारी सिर्जना र आम्दानीको साधन बनाएर पर्यटन मार्फत नगरको अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशित बनाई स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न कै लागि यहि पुस १२, १३ र १४ गते मध्यपुर महोत्सब २०८१ आयोजना हुने भएको हो।