मध्यपुर थिमि, १२ कार्तिक २०८१ः
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आएको “शंखधर सम्मान” यो बर्ष संस्थागत तर्फ न्ह्यज्या खलः थिमि र ब्यक्ति तर्फ वरिष्ठ पत्रकार एवं भाषा आयोगका सदस्य सुरेश मानन्धरलाई प्रदान गरिने भएको छ।
न्ह्यज्याः खलः बिगत ६३ वर्ष देखि निरन्तर क्रियाशील एवं नेपाल संबतको प्रयोग र प्रचारप्रसार गर्दै आएको ऐतिहासिक संस्था हो। सुरेश किरण मानन्धर सन्ध्याः टाइम्स दैनिकका सम्पादक, नेपाल संबतका अभियन्ता, अनुसन्धानकर्ता, नेपाल संबतका विज्ञ एवं नेपाल संबत आन्दोलनका नेता र राष्ट्रिय भाषा आयोगका सदस्य हुनु हुन्छ।
नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा मध्यपुर थिमिमा रहेको रास्ट्रिय बिभुति शंखधर ्साख्वाःको प्रतिमामा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने माल्यार्पण समारोहमा उक्त सम्मान प्रदान गरिने छ ।
प्रत्येक वर्ष नेपाल संबत र शंखधर साख्वाःको विषयमा, अनुसन्धान, अभियान, विज्ञता र प्रचार प्रसारमा योगदान पुर्याएका संस्था र व्यक्तित्वहरुलाई “शंखधर सम्मान” प्रदान गर्दै आइरहेको प्रतिष्ठानका सचिव बाबुकाजी श्रेष्ठले बताउनुभयो ।