काठमाडौंको गाम्छामा एकै परिवारका ३ जना मृत भेटिए

काठमाडौं, २९ कार्तिक २०८१ः

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु र छोरा दुई महिनाका मृत भेटिएका हुन्।

उनका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले स्रोतले बतायो।

अहिले घटनास्थलमा प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ। शवको मुचुल्का भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोलीसमेत घटनास्थलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!