काठमाडौं, ७ मंसिर २०८१ः
नेकपा (माओवादी केन्द्र) का कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ ।
प्रा.डा.महर्जनले कीर्तिपुर नगर क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार खर्च नगरपालिकाले नै बेहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकले जुनसुकै स्वास्थ्य संस्थामा सेवा लिएपनि सो खर्च नगरपालिकाले बेहोेर्ने उहाँको भनाइ छ ।
आफ्नो नेतृत्वमा सङ्घीय सरकारद्वारा ज्येष्ठ नागरिक तथा एकल महिलालाई प्रतिमहिना प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण प्रक्रियालाई सजिलो र प्रभावकारी बनाइने उहाँको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यसैगरी, सुत्केरी महिलालाई प्रदान गरिँदै आएको भत्ता वृद्धि गर्ने, प्रत्येक वडामा दिवा वृद्ध सेवा केन्द्र स्थापना गरिने, प्रत्येक वडामा श्रम गर्न योग्य युवाहरुको अभिलेख तयार गर्ने, अलपत्र छोडिएको खेलकुद मैदान एवम् भौतिक पूर्वाधारको सम्बन्धित निकायसँग समन्वय गरी यथाशिघ्र निर्माण गर्न आवश्यक पहल गरिने, रोजगारमुखी व्यवासायिक एवम् सीपमूलक तालिमको व्यवस्था गर्ने लगायत मुख्य दश वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक भएको छ ।
kirtipur-ghosana-patra-new (1)