घट्यो सुनको भन्सार दरः तस्करी रोक्न २० बाट १० प्रतिशतमा झारियो

काठमाडौं, ९ मंसिर २०८१ः

सरकारले सुनको भन्सार दर घटाएको छ। भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशङ्कासहित सरकारले भन्सार दर घटाएको हो।

सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए।

यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए। चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ। ‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ उनले भने। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो। त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो। यसले बजारमा तस्करीको सुन आएको आशङ्का गरिएको छ। औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!