महेश्वरी खेल मैदानमा व्यापारिक मेला हुने

भक्तपुर, १७ मंसिर २०८१ः
कृष्ण किसि

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने भक्तपुर महोत्सवलाई भव्यरुपमा सफल पार्ने क्रममा महेश्वरी खेल मैदानमा व्यापारिक मेला हुने भएको छ ।

युवा टिम गोल्मढी भक्तपुरको संयोजनमा महेश्वरी खेल मैदानमा व्यापारिक मेला आयोजना गर्ने तयारी गरेको हो । खेल मैदानमा विभिन्न व्यवासायिक स्थलहरु सहित साँस्कृतिक मेला, बाल मेला, खेल मेला पनि आयोजना गर्ने तयारी भएको आयोजक युवा टिमले जनाएको छ ।

खाद्यान्न, लत्ताकपडा, अटोमोबाइल्स, इलेट्रिक तथा इलोट्रोनिक्स एवं जुट्टा चपल, निर्माण सामग्री सहितका १ सय ५० स्थलहरुको व्यापारिक मेला आयोजनाको तयारी भएको आयोजक समितिले जनाएको हो । व्यापार मेलाका लागि स्थल बुकिङ्ग खुल्ला रहेको र सिमित मात्रै स्टल बाँंकी भएको आयोजकको दावी छ ।

आयोजक समितिले व्यापार मेलामा स्थानीय उत्पादनदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय उत्पादनहरु समेत प्रदर्शनीमा राखिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!