अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने ३१ वर्षीय रोशन चौधरी पक्राउ

काठमाडौं , २० मंसिर २०८१ः

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी पक्राउ परेका छन्। उनलाई अख्तियारकै टोलीले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ।

बुधबार साँझ पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। चौधरीमाथि अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी नवरन्त पौडेलले बताए।

उनले राजश्व अनुसन्धान कार्यालय पथलैया, बाराका कर्मचारीलाई समेत धम्की दिएको खुलेको छ। चौधरीले आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको भन्दै फोन गरेर धम्की दिने गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!