काठमाडौँ, २१ मंसिर २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुन बृद्दि गरेको छ ।
संघको आज बसेको व्यवसायीहरुको भौतिक तथा भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो ।
नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४५५/- रुपैयाँ तथा ठुलो अण्डा प्रतिक्रेट ४७०- रुपैयाँ पर्नेछ । यो मुल्य भोलि मंसिर २२ गते शनिबार देखि लागु हुनेछ । उक्त मुल्यमा चितवनबाट लोड भई देशैभरीको अण्डा डिपोमा पुर्याउदा लाग्ने भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि ( सात क्रेट) रु. १४०/- थप लाग्ने संघले जनाएको छ।
नेपाल लेयर्स कुखुरापालक संघका सचिब मदन पोखरेलका अनुसार बजारमा अण्डाको माग उच्च रहेको र सो अनुपातमा उत्पादन नहुदा अण्डाको मुल्यमा बृद्दि भएको बताउनु भयो।
करिब १ महिना अघि कार्तिक २० गते संघले तोकेको अण्डाको मुल्य मंसिर १० गते सम्म आईपुग्दा प्रति क्रेट करिब ६५ रुपियाले घटेको थियो। मंसिर १० गते संघले तोकेको समर्थन मुल्य मिडियम साइजको प्रतिक्रेट ४२५/- रुपैयाँ तथा ठुलो अण्डा प्रतिक्रेट ४४०- रुपैयाँ रहेको थियो।
बजारमा अण्डाको मागमा भएको बृदि अनुसार संघले मंसिर १६ गते देखि लागु हुने गरी पुन मुल्य समायोजन गरेको थियो, जस अनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ४४०/- रुपैयाँ तथा ठुलो अण्डा प्रतिक्रेट ४५५- रुपैयाँ पुगेको थियो।