भक्तपुर, ४ माघ २०८१ः
योङ कम्युनिस्ट लीग (वाईसीएल) नेपाल, भक्तपुर नगर कमितिले भोलि शनिबार बृहत दन्त परिक्षण शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। समाज डेन्टल क्लिनिक र नेपाल रेडक्रस सोसाइटी नवदुर्गा शाखासंगको सहकार्यमा दन्त परिक्षण शिविर र रक्तदान कार्यक्रमको आयोजना हुने वाईसीएल भक्तपुर जिल्ला ईन्चार्ज नरेश रन्जितले जानकारी दिनु भएको छ ।
शिविरमा समाज डेन्टल क्लिनिकका विशेषज्ञ चिकित्सकहरूद्वारा दाँतसम्बन्धी विभिन्न समस्या पहिचान तथा परामर्श सेवा प्रदान गरिनुका साथै बिभिन्न सामाग्रीहरु आबश्यकता अनुसार निशुल्क बितरण गरिनेछ। समाज डेन्टल क्लिनिकले सो अबसरमा आफ्ना सम्पुर्ण सेवाहरुमा २०% छुटको कार्ड पनि बितरण गरिने छ।
वाईसीएल जिल्ला ईन्चार्ज नरेश रन्जितका अनुसार जिल्लामा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै सोहि कार्यक्रममा रक्तदान कार्यक्रमको पनि आयोजना गरिने छ जसबाट करिब ५ दर्जन प्रिन्ट रगत संकलन हुने अपेक्षा गरिएको छ।
