कृषिमन्त्री चौधरीसँग स्पेनका राजदूत पुजोलको भेटः कृषि सहकार्यमा जोड

काठमाडौँ, जेठ ८ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

मन्त्रालयमा आज भएको भेटमा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक पदको निर्वाचनमा नेपालको सकारात्मक समर्थन अपेक्षा गरिएको बताउनुभयो। मन्त्री चौधरीले यस विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिनुभएको थियो।

राजदूत पुजोलले कृषि ट्रेसबिलिटी प्रणाली, गुणस्तरीय उत्पादन, कृषि लगानी र प्रविधि आदानप्रदानमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाललाई स्पेनमा हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो। मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!