मध्यपुर थिमिमा २८ सय विद्यार्थीलाई सेन्टर किचेन मार्फत पोषणयुक्त दिवा खाजा वितरण सुरु

मध्यपुर थिमि।

बालबालिकाको पोषण, स्वास्थ्य तथा विद्यालय उपस्थितिमा सकारात्मक सुधार ल्याउने उद्देश्यसहित मध्यपुर थिमि नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा वितरण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आज एक बिशेष कार्यक्रमका बिच उक्त कार्यक्रमको शुरुवाट गर्नु भएको हो ।

World Food Programme र Food for Life को सहकार्यमा मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ५ सम्मका करिब २८०० विद्यार्थीहरूलाई नगरपालिकाको सेन्टर किचेनमार्फत पोषणयुक्त दिवा खाजा वितरण गरिनेछ।

नगरपालिकाका अनुसार विद्यार्थीहरूलाई दैनिक रूपमा फरक–फरक तथा सन्तुलित पोषणयुक्त खाजा खाद्य निरीक्षकको निगरानीमा वितरण गरिने व्यवस्था मिलाइएको छ। यसले बालबालिकालाई स्वस्थ, ताजा र गुणस्तरीय खाना उपलब्ध गराउनुका साथै विद्यालयमा नियमित उपस्थित हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम मार्फत मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका २१ सामुदायिक विद्यालयका ECD देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोषणयुक्त खाजाको पहुँच सुनिश्चित गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले बालबालिकाको समग्र शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसले विद्यार्थीको स्वास्थ्य सुधार, पोषण अवस्था सुदृढीकरण तथा सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!