काठमाडौं, १० माघ २०८१ः
रत्न काजि प्रजापति
नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बिभिन्न सेवा सुबिधाहरु प्रदान गर्ने गरी सम्झौता भएको छ। आज काठमाडौमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघको तर्फबाट केन्द्रिय अध्यक्ष रितेश रिमाल तथा लाईफ इन्स्योरेन्सको तर्फबाट डेपुटी सिईओ स्मृति राज कंडेलले हस्ताक्षर गर्नु भएको छ।
सम्झौता अनुसार नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका सदस्यहरुले देश भरी छरिएर रहेका नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखाहरुबाट बिभिन्न सेवा सुबिघाहरु सहुलियत दरमा उपयोग गर्न सकिनेछ।
संघका केन्द्रिय अध्यक्ष रिमालका अनुसार संघका ७ प्रदेश तथा २२ वटा जिल्ला शाखामा आबद्द करिब २२०० सदस्यहरुले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग सहकार्य गर्दा बिभिन्न थप सुबिधाहरु प्राप्त गर्न सकिनेछ।
उक्त हस्ताक्षर कार्यक्रममा संघका तर्फबाट निबर्तमान अध्यक्ष पुर्ण चन्द्र सापकोटा, केन्द्रिय उपाध्यक्ष सुना सुबेदी बडाल तथा बागमति जिल्ला शाखा उपाध्यक्ष रत्न काजि प्रजापतिको उपस्थिति रहेको थियो भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड्को तर्फबाट कर्पोरेट बजार ब्यबस्थापक सरला बोगटीको उपस्थिति रहेको थियो।