काठमाडौं, १२ माघ २०८१ः
काठमाडौंमा आज सम्पन्न राइट टु प्रोटिन रनको चौथो संस्करणको हाफ म्याराथनको उपाधि पुरुष तर्फ त्रिभुवन आर्मीका राजन रोकाया र महिला तर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन्।
प्र्थम भएका राजन रोकायाले १ घण्टा ०६ मिनेट १० सेकेन्डमा दुरी पुरा गरे भने सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन्। दुबैले प्रथम हु्दै जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। धादिङकी सन्तोषी श्रेष्ठ पहिलो र तेस्रो संस्करणको पनि विजेता हुन्।
१० किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किमी महिलातर्फ अस्मिता भुजेल, तथा ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम भएको आयोजक समितिका संयोजक डा. शीतलकाजी श्रेष्ठले जानकारी दिए।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ लगायतले बिजयी खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरे।
प्रोटिन प्रतिको जनचेतना अभिबृद्दि गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको उक्त दौड प्रतियोगितामा करिब आठ हजार प्रतियोगी सहभागि रहेको नेपाल भेटेरिनरी एसोसिएसनका महासचिब डा. केदार सुबेदीले जानकारी दिनु भएको छ।