मध्यपुर थिमि, १९ माघ २०८१ः
मध्यपुर थिमि नगरपालिका वडा नं.७ नगदेश्मा अबस्थित श्री सिद्धिगणेश द्यः छें काे संरक्षण तथा सम्वर्दन गर्ने उद्देश्यले सिद्धिगणेश द्य: छें विकास समिति गठन भएको छ । समितिको आज बसेको प्रारम्भिक साधारणसभाले स्थानिय बिरेन्द्रभक्त प्रधानाङ्गकाे अध्यक्षतामा नयाँ कार्यसमिति गरेकाे छ।
नब गठित समितिको उपाध्यक्षमा उपेन्द्र प्रधानाङ्ग, सचिवमा विजय प्रधानाङ्ग र कोषाध्यक्षमा राजुभक्त प्रधानाङ्ग चुनिएका छन। ्समितिको सदस्यहरुमा उदय प्रधानाङ्ग, मनिषभक्त प्रधानाङ्ग र नविन प्रधानाङ्ग चुनिएका छन । यस्तै पदेन सदस्यहरुमा मध्यपुर थिमि नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, प्रधानाङ्ग गुठीका राजनभक्त प्रधानाङ्ग र सिद्धिगणेश गुथिका सिद्धि गणेश द्यो गुथि रहेका छन् ।
नगदेशमा सम्पन्न साधारणसभाका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग रहेका थिए भने विषेश अतिथिको रुपमा वडा नम्वर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति रहेका थिए ।
PC; ram shankhadeb