नगदेश म्हसिका म्ये सार्बजनिक

मध्यपुर थिमि नगदेश, १९ माघ २०८१ः

मध्यपुर थिमि नगरपालिका वडा न ७ मा रहेको नगदेश एक ऐतिहासिक एब पौराणिक महत्व बोकेको शहर हो। सोहि ऐतिहासिक एब पौराणिक महत्व बोकेको शहर नगदेशको परिचयात्मक गीतको आज एक समारोहका बिच मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले सार्बजनिकिकरण गर्नु भयो।

 

मध्यपुर थिमि नगरपालिका र ज्यापु महागुथि नेपाः पुर्ब लागा समिति नगदेशको संयुक्त प्रस्तुति रहेको उक्त परिचयात्मक गीतमा नगदेशका विभिन्न पेशा, मुर्त अमुर्त सम्पदाहरु तथा यहाका बिबिध सास्कृतिक पक्षहरुका बारेमा जानकारी प्रस्तुत गरिएको छ।

यस नगदेश गीतका रचनाकार जयकृष्ण दुवाल रहेका छन भने गुजे मालाकारको संगीत रहेको छ। यस गीतमा गायक गायीकाहरु सतिश महर्जन, सुरेन्द्र तुबन्जा श्रेष्ठ, दीपा महर्जन र रत्न शोभा महर्जनले स्वर दिएका छन।

उक्त कार्यक्रममा नगदेश गीत तथा गीतको म्युजिक भिडियो उत्पादनमा संलग्न हुनु भएका सम्पुर्ण सर्जकहरुलाई उपमेयर श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!